अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते
अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ ।
मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।
सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको सम्लग्नता रहेको दावी गरेको छ ।
उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ प्रहरी घाइते भएका बताइएको छ ।
सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो केही महिनामा सरकारी सुरक्षाकर्मी र तालिवान समूहमा नलागेका सर्वसाधारणको हत्या गर्नेगरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस