• जीवनशैली | Jiwanshaili
  • चोरीका मोटरसाइकल बरामद


    कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइकल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइकल बरामद गरिएको उनले बताए । चोरीको मोटरसाइकल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।

    बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस