सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ
नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।
हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले बताए । वल्र्डलिङ्कको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भए पनि हाल सो सेवा बिग्रिएपछि यतिखेर सम्पर्क गर्न कठिन भएको उहाँले बताए ।
त्यतिमात्रै नभई सो ठाउँको अर्को टेलिकमको भिस्याट टेलिफोनसमेत बिग्रिएको उपरीक्षक भण्डारीले बताए । चौकीका लागि स्थापना भएको भिस्याटबाट सिधै क्षेत्रीय र प्रधान कार्यालयमा मात्र सम्पर्क हुने र हिल्साको चौकीका बारेमा बुझ्न आफूले केन्द्रसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
उक्त सीमाक्षेत्रमा सोलारबाट सञ्चालन हुने भिस्याटमा घाम लागेको दिन मात्रै सम्पर्क हुने नत्र सम्पर्कविहीन हुने गरेको छ । यस वर्ष हिमपात कम भएका कारण चार हजार छ मिटर अग्लो नारालेक पार गरेर यारीमा आएपछि टेलिकमको सम्पर्कमा जोडिने गरेको छ । चौकीमा खटिएका सुरक्षाकर्मीले घरपरिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था अझै न्यून छ । दुई वर्ष अगाडि नै नारालेकमा टावर बन्ने गरी बोलपत्र गरेको भए पनि हालसम्म सो टावर बनेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस