सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न निर्देशन दिए । प्रधानमन्त्री ओली हाल मुलुकमा आगलागी नियन्त्रणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विश्वभर शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरी मुलुकको प्रतिष्ठा र छवि उँचो बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका लागि अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न राष्ट्रिय सेवा दललाई सुदृढीकरण गर्न, बङ्करदेखि व्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले दोस्रो चौमासिकमा सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको भौतिक प्रगति उत्साहजनक रहेको बताए । मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले मन्त्रालय राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको प्रगति सन्तोषजनक रहेको जनाए । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपसी समन्वयमा जोड दिए । मन्त्रालयको चालू आर्थिक वर्षमा भौतिकतर्फ ६४ दशमलव ८९ र पूँजीगततर्फ ३९ दशमलव ४ देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस