जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।
उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनको निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएको जनाइएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
जर्जियामा मङ्गलबार मात्रै उनीसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस