म्यान्मारमा सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ
म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ ।
ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन । उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए । अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।
उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ ।
त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ । सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन् ।
उनी म्यानमारको याङ्गुनबाट दक्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए । ती कलाकारकी बहिनी थिथि लिविनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ ।
उनलाई बिहीबार बिहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार विरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस