सूर्य नेपालद्वारा म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग
बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहनअन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई बिहीबार एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।
कारखानाका व्यवस्थापक कार्कीले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले यस क्षेत्रको समग्र विकासका लागि स्थानीयवासीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । गाउँपालिकाका अध्यक्ष रानाले कम्पनीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै एम्बुलेन्सले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने बताए । रानाले सूर्य नेपालबाट यस क्षेत्रमा भइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा गरे ।
अब म्याग्दे गाउँपालिकामा दुईवटा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । यस अगाडि गाउँपालिकाले आफैँले पनि एम्बुलेन्स खरिद गरेको थियो । दुईवटा एम्बुलेन्स भएसँगै गाउँपालिकाका ग्रामीण भेगका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए।
सूर्य नेपालले विसं २०७७ असोज १४ गते शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । सूर्य नेपालले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रमा थुप्रै सहयोग गर्दै आइरहेको छ । सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस