श्रीमानले गरे श्रीमतीको हत्या
यौनसम्पर्क गर्न नदिएको रिसमा रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको छ।
५५ वर्षीय कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले श्रीमान बानियाँलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले घरको कोठाभित्र खाटमा मृत भेटिएकी कुश्माको घाँटीमा दाग भेटिएपछि हत्या आशंकामा गनपतलाई पक्राउ गरिएको बताए।
गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
छोराबुहारी र नातिनातिना समेत एउटै परिवारमा बस्दै आएका गनपतले यसअघि पनि यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमती कुश्मालाई कुटपिट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस