• जीवनशैली | Jiwanshaili
  • कोरोनाको नयाँ भेरिएन्ट झन खतर्नाक


    पछिल्लो समय देखिएका कोरोना संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको सरकारले जनाएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।

    गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा थिएन । तर अहिले सबैलाई रोगको संक्रमण, उपचारको बारेमा थाहा भएकाले समस्या नहुनेमा आफू विश्वस्त रहेको बताए ।

    फेरि कोरोना संक्रमण फैलिने सम्भावना भएकाले २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउने गरी कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) लाई सिफारिस गरिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस