• जीवनशैली | Jiwanshaili
  • आज कति पुगे कोरोना संक्रमित ?


    गत २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२७ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ३८ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस