पर्यटकको चहलपहल बढ्दै
रसुवामा वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । पदयात्राको लागि दैनिकजसो सरदरमा २०÷२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भई स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ बढी मात्रामा पर्यटक केन्द्रित हुनथालेका छन् ।
भगवान शङ्कर विराजमान रहनुभएको र कुण्डमाथीका अल्का हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुनथालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइँ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जानकारी दिनुभयो । एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रसियन पर्यटकको समूह धुञ्चेमा भेटेपछि फोटो खिच्नेको लर्को लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पिसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालीसकेको जानकारी दिए ।
धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था मिलाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरीसकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।
नेपालको तेस्रो गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी सङ्घले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस