• जीवनशैली | Jiwanshaili
  • अवैध सामान बरामद


     

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले एक हप्ताभित्रमा रु सात लाख बढीको सामान बरामद गरेको छ । सीमामा स्थापना गरिएका विभिन्न विओपीमा खटिएका सुरक्षाकर्मीले भन्सार छली भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका रु सात लाख १४ हजार ४९० बराबरका सामान बरामद गरेको जनाएको छ ।

    पक्राउ गरिएका सामानमा मोटरसाइकलसहित लत्ताकपडा, मोबाइलका पार्टस, हार्डवेयरका सामान र काठ बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस