दुर्घटनामा प्रधानाध्यापकको मृत्यु
गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २३ प ५०५७ नम्बरको मोटरसाइकल गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ को घुम्ती भन्दा भित्री सडकमा दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर खत्रीको ज्यान गएको हो ।
गौँडाकोटस्थित गुल्मी दरवार गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भइ साँझ घर फर्किने क्रममा घुम्तीदेखि भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको र गम्भीर घाइते खत्रीलाई जिल्ला अस्पताल तम्घासमा साढे ९ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस