दुई महीनादेखि पानीको हाहाकार
“लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, दुई महीनादेखि लिफ्टिङ पानीको मेसिनसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पु¥याउने भन्ने चिन्ता छ”, पोखरा महानगरपालिका– ३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भने । लामो समयदेखिको खडेरीले यतिखेर यहाँका स्थानीयवासी पानीको चरम समस्या झेल्दै आएका छन् ।
स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टििङमार्फत गाउँमा पानी वितरण हुँदै आएकामा दुई महीनायता मेसिनसमेत बिग्रिएपछि दैनिकी सञ्चालनमा नै समस्या आएको हो । करीब १३० घरधुरीले उपयोग गर्दै आएको लिफ्टिङ पानी सञ्चालन नहुनुका साथै वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि एक गाग्री पानीका लागि घण्टौँ कुनुपर्ने बाध्यता छ ।
पिउने पानीका साथै गाईबस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयवासीले बताएका छन् । पौडेलका अनुसार खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा आसपासका कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दीलगायतका स्थानमा पुगी यहाँका स्थानीयवासीले गाग्रीमा बोकेर पानी ल्याउने गर्दछन् । ती प्राकृतिक जलाशयमा पनि खडेरीले पानी सुक्दै गएपछि आफूहरू चरम समस्या समस्यामा परेको उहाँले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस