• जीवनशैली | Jiwanshaili
  • अपरान्ह पछि यी स्थानमा चट्टयाङ्ग सहित पानी पर्ने


    आज चैत्र २९ गते आइतवार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

    अहिले देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकि भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

     

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

     

    यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस