इन्डोनेसियामा भूकम्प, छको मृत्यु
इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ ।
भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
“उक्त विपत् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।”
राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भन्नुभयो, “भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पव पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।”
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस