मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन
बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै सामग्री जलेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस