भेटेरेनरी अस्पतालको भवन निर्माण सम्पन्न
तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरेनरी अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा निर्माण शुरु भएको अस्पतालको भवन निर्माण सम्पन्न भएको हो ।
बन्दीपुर गाउँपालिका–१ नाहालामा गत भदौदेखि अस्पताल भवन निर्माण शुरु भएको थियो । रु ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । भवन निर्माणको ठेक्का व्यास नगरपालिका–२ स्थित सिएम निर्माण सेवाले पाएको थियो ।
उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरेनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुप¥यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहजरूपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्”, पोख्रेलले भने ।
उक्त अस्पतालमा पशु चिकित्सकको दरबन्दीमा कर्मचारी खटिनेछन् । अस्पताललाई बन्दीपुर गाउँपालिका मातहत राख्न तयारी थालिएको छ । गाउँपालिकाको पशु शाखा नै यही भवनमा स्थानान्तरण गर्न लागिएको पोख्रेलले बताउनुभयो । “भवनको सम्पूर्ण काम सकिएको छ, ठेकेदारबाट हस्तान्तरण भएलगत्तै बाँकी काम थाल्छौँ”, उनले भने ।
भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेका थिए । गाउँपालिकाको पशुपक्षी शाखाको नाममा करिब रु ७५ लाख मूल्य बराबरको जग्गादान गर्नुभएको थियो । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरेनरी अस्पताल निर्माणका लागि पहल भए पनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस