करेन्ट लगाई माछा मारिरहेका पुरुषको करेन्ट लागेरै मृत्यु
स्याङ्जा भिरकोट नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
आधिँखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३४ वर्षीय विवेक खाँणको शनिबार मृत्यु भएको सन्चार माध्यमले जनाएको छ ।
उनी मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस