अब नेपाली बजारमा होन्डाको बीएस ६ डियो
बीएस ६ इन्जिनयुक्त होन्डा डियो स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो । नयाँ प्रदुषण मापदण्ड अनुरुप तयार पारेर सो स्कुटर जापानीज मोटरसाइकल निर्माता कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको हो ।
बीएस ६ डियोमा ११० सीसीको सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ जसले ७.६८ एचपी पावर र ८.७९ एनएम टर्क जेनेरेट गर्छ ।
यसैगरी होन्डा डियो बीएस ६ स्कुटरमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनका साथै नयाँ सिग्नेचर ग्रिल उपलब्ध रहेको छ । सो स्कुटर साइलेन्ट स्टार्ट फिचरमा उपलब्ध छ । स्कुटरमा इन्जिन स्टार्ट स्टप बटन, युनिक इन्टिग्रेटेड फङ्सन र बिम कन्ट्रोलर स्विच पनि उपलब्ध छ भने स्कुटरमा कार्बन फाइबर प्रयोग गरिएको छ ।
होन्डा डियो बीएस ६ स्कुटरमा फुल डिजिटल मिटर उपलब्ध छ भने स्पोर्टी डिजाइनमा उपलब्ध डियोमा अन्य धेरै आधुनिक प्रविधिहरु पनि प्रयोग गरिएको छ ।
बीएस ६ डियोमा मोबाइल चार्जिङ सकेट समेत रहेको छ । स्ट्यान्डर्ड र डिस्क गरी दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध भएको छ जसको मूल्य क्रमशः २ लाख ३९ हजार ९ सय र २ लाख ६५ हजार ९ सय रुपैयाँ कम्पनीले तोकेको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस