आजको मौसम यस्तो छ
आज चैत्र ३० गते सोमवार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकि भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस