म्यानमारको सैनिक कुः जहाँ श्रीमतीकै अगाडि ट्याक्सी ड्राइभरलाई गोली हानि मारियो
म्यानमारमा सैनिकले गत फेब्रुअरी १ तारिखमा कूमार्फत् सत्ता आफ्नो हातमा लिएयता म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जनाभन्दा बढीको हत्या गरिसकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । जहाँ ससाना बालबालिका देखि महिला पूरुष तथा जेष्ठ नागरिकहरु समेत छन् । यस्तैमा एक ट्याक्सि ड्राइभर जसलाइ म्यानमारको सेनाले आफ्नै श्रीमतीको अगाडी हत्या गरिएको छन् ।
फेब्रुअरी २८ तारिखमा हाइन टुट अङ र उनकी श्रीमती मा जीन मार कू विरोधी प्रदर्शनमा गएका थिए।ती दम्पती आफ्नो काम सकेपछि प्रदर्शनहरूमा सहभागी हुने गर्थे।
तर त्यस दिन मा जीन मार मात्र घर फर्किइन्।उनीहरू प्रदर्शनमा सहभागी हुन जान एउटा बसमा चढ्दै थिए।तर गोली चलेकाले त्यो बस रोकियो र यात्रुहरू झर्नुपर्यो।
सडक पार गर्दै गर्दा उनलाई गोली हानियो, मा जीन मारले बीबीसीलाई भनिन्, ूघटनास्थल हामीभन्दा खासै टाढा थिएन। त्यहाँ प्रदर्शनकारीहरूले डस्टबिन र काँडेतारले बाटो बन्द गर्दै थिए किनकि उनीहरूमाथि गोली चलिरहेको थियो।
उनी पीडाले चिच्याए र मैले उनको छातीमा रगत देखेँ। मैले समातेर प्वालमा दबाब दिएँ।ूउनी अस्पतालतर्फ दौडिए तर त्यस बेलासम्म ढिलो भइसकेको थियो।
हाइन टुट अङ मोटरसाइकलट्याक्सी ड्राइभर थिए। त्यसैले छेउछाउका सबैले उनलाई चिन्थे।
मा जीन मार भन्छिन्, उनी एकदमै साधारण मानिस थिए। उनी शान्त स्वभवका थिए र अरू मानिससँग धेरै कुरा गर्दैन थिए। फुर्सदमा उनी मोबाइलमा गेम खेल्थे। आफूले इमानदारीसाथ कमाएको पैसाले परिवारको हेरचाह गर्थे।
अनलाइनमार्फत भएको चिनजानपछि उनीहरूले पाँच वर्षअघि विवाह गरेका थिए।
हामी जहाँ जान्थ्यौँ हामी साथै हुन्थ्यौँ। म उनलाई सम्झिरहन्छु । अहिले पनि मा जीन मार प्रदर्शन गरिरहने बताउँछिन्। कूको अन्त्य नहुन्जेल प्रदर्शन गरिरहने उनको भनाइ छ। विविसीको सहयोगमा ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस