• जीवनशैली | Jiwanshaili
  • पछिल्लो २४ घन्टामा थप ५१७ जनामा काेराेना संक्रमण


    नेपालमा पछिल्लो २४ घन्टामा थप ५१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ४६० जनामा पीसीआर बिधिबाट तथा ५७ जनामा एन्टिजेन बिधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ७४ हजार ३१८ जना निको भएका छन् ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस