• जीवनशैली | Jiwanshaili
  • ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको ज्यान गयाे


    सर्लाहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको ज्यान गएको छ ।

    जिल्लाकाे बागमती नगरपालिका ८ गाजली चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १५७४ नम्बरको ट्याक्टरले बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा नम्बर १५ पिप्राभित्ताका ५० बर्षीय भिखारी साह र पछाडि सवार भारतीय नागरिक ४२ बर्षीय प्रकाश सहनीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

    उनका अनुसार ठक्करले गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस