• जीवनशैली | Jiwanshaili
  • कोभिड १९ बाट थप ५ जनाको मृत्यु


    नेपालमा कोभिड–१९ बाट थप ५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ कोरोना संक्रमित निको हुँदा अहिलेसम्म उपचारपछि घर पर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहँदा ८५ जना क्वारेन्टिमा छन् ।

    सक्रिय संक्रमितमध्ये ९७ जनाको आईसीयु र २० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस