टिपरको ठक्करबाट वृद्धाको मृत्यु
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र–१ –०२–००१ ख ८५३० नम्बरको टिपरको ठक्करबाट ७५ वर्षीया मैयादेवी प्रधानको मृत्यु भएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार तीव्र गतिमा पूर्वतर्फ गइरहेको टिपरले बुधबार बिहान ४ बजेतिर ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई सडक पार गर्दैगर्दा ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिहान ६ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको एसपी खड्काले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस