प्यूठानमा जिप दुर्घटना, चार जनाको मृत्यु
प्यूठानमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।
जिल्लाकाे स्वर्गद्वारी नजिकै रुमालेमा दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । उक्त जिप बुधबार बिहान गुल्मीबाट छुटेको थियाे ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा परेको गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका श्याम न्यौपाने, सुर्य पन्थी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिलबहादुर थापा, सन्दिप परियार लगायतको टोली सवार रहेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस