म्यान्मारमा नेपालीभाषी दम्पत्तिको हत्या
म्यान्मारमा नेपालीभाषी दम्पत्तिको हत्या भएको छ । त्यहाँका सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर नेपालीभाषी दम्पत्तिको हत्या भएको हो ।
मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । भारतको सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको जनाइएको छ ।
उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारी गर्दै थिए ।
सेनाले गोली प्रहार गरेपछि उनीहरुलाई स्थानीय समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । मृतकहरुको एक छोरी र दुई छोरा थिए ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ब्यापक रुपमा प्रदर्शन भएको छ । सेनाले प्रदर्शनकारी तथा स्थानीयहरुको हत्या गर्दै आएको समाचारहरुमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस