• जीवनशैली | Jiwanshaili
  • रसुवामा टिपर दुर्घटनामा दुई जनाको मृत्यु


    रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा गएराति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर अनियन्त्रीत भई सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

    मृत्यु हुनेमा एकका ग्राङ आधारभूत प्राथमिक विद्यायालयका प्रधानाध्यापक राजेन्द्र तामाङ र २९ वर्षीय सागर तामाङ रहेका छन् ।

    दुर्घटनामा टिपरमा सवार एक जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस