कुखुराको मासुको मूल्य वृद्धि दोब्बर
पछिल्लो समय बजाम कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ ।
गत वर्ष वैशाखमा महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।
कुखुराको चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्ब्र भन्दा बढीले वृद्धि भएको हो ।
कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन भएपछि प्यारेन्ट माउ ल्याउन नसक्दा त्यसको असर उत्पादन र मूल्यमा देखिएको हो ।
मुलुक मासु र अण्डामा आत्मनिर्भर भएपनि प्यारेन्ट माउ भने आयात गर्नुपरेको छ ।३० प्रतिशत आन्तरिक उत्पादनले माग धानेपनि ७० प्रतिशत माउ आयात गर्नुपरेको ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।
चल्ला उत्पादन कम भएपछि बजारमा लगातार मासुको मूलय वृद्धि भएको उनको भनाइ छ ।
( यो समचार आजको कारोबार दैनिकि मा छ)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस