हार्डवेयर पसलमा आगलागी
बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ ।
आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा–३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुराँमा आगलागी हुँदा रु १३ लाखको क्षति भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस