• जीवनशैली | Jiwanshaili
  • चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति


    चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुर्यायपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पुर्याएको छ । निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए । ‘प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ’, उनले भने, ‘यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।’

    विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत् आयोजनामा पुर्याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस