दुर्घटनामा परी एम्बुलेन्स चालकको मृत्यु
यहाँको शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिरको प्रवेशद्वार अगाडि सडकखण्डमा ना६ख ७८९२ नम्बरको बसको ठक्करले स१च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखीपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा कामतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । कामतको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बस चालकको खोजतलास भइरहेको प्रनाउ काफ्लेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस