बाँकेमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ काे ज्यान गयाे
बाँकेमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाकाे कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको हाे ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते भएका छन् । उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । बसमा ४७ जना सवार थिए ।
दुर्घटनामा घाइते भएका १४ जनाको अवस्थामा मध्यम र बाँकी यात्रुको अवस्था सामान्य छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस