• जीवनशैली | Jiwanshaili
  • मेघगर्जन, चट्टयाङ्ग,  हावाहुरी रअसिना सहित पानी पर्ने


    आज २०७८ बैशाख ४ गते शनिबार  देशका बिभिन्न भागहरूमा मेघगर्जन, चट्टयाङ्ग,  हावाहुरी रअसिना सहित पानी पर्ने सम्भावना रहेकाे छ ।  प्रदेश १, वागमती, गण्डकी र सूदरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकि भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग,  हावाहुरी रअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउनहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

     

    यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी रअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस