असिनाले तरकारी बालीमा क्षति
ताप्लेजुङमा आज बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पुर्याएकाे छ । असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौँ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पुर्याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले जानकारी दिए । बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पुर्याएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस