मिस एलिगेन्स सिजन ३ को उपाधि आस्का खड्काले जितिन्
मिस एलिगेन्स सिजन ३ को उपाधि आस्का खड्काले जितेकी छिन् । आज काठमाण्डौमा भएको प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई पछि पार्दै आस्का खड्काले उपाधि जितेकी हुन् । इम्पेरिएल क्विन इभेन्टले आयोजना गरेको प्रतियोगिताको फस्ट रनर अपमा सुस्मिता पहारी भएकी छिन् भने पुष्पा श्रेष्ठ सेकेन्ड रनर अप भएकी छिन् । उपाधि सँगै विजेता खड्काले ट्रफि सँगै एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख रूपैँया बराबरकाे भाैचर प्राप्त गरेकी छिन् ।यसै गरी उनले कुकर क्याफेबाट ५ हजार बराबरकाे फुड भाैचर प्राप्त गरेकी छिन्। यसै गरी फ्लाइ टेकबाट निशुल्क एयर हाेष्टेजकाे तालिम समेत पाउने भएकी छिन् । तेस्तै प्रतियाेगितामा फस्ट रनर अप सुस्मिता पहारी बन्न सफल भएकी छिन् । उनले उपाधि संगै २०२२ मा हुने इन्टरनेशनल प्रतियाेगितामा नेपालकाे प्रतिनिधित्व गर्न पाउने आयाेजकले बताएकाे छ । उनले ३ हजार बराबरकाे फुड भाैचर र एयर हाेष्टेजकाे तालिममा ५० प्रतिशत छात्रबृति समेत पाउने भएकी छिन् । यस्तै सेकेन्ड रनर अप पुष्पा श्रेष्ठ हुन सफल भइन्। उनले २ हजार बराबरकाे फुड भाैचर र एयर हाेष्टेजकाे तालिममा ३० प्रतिशत छात्रबृति समेत पाउने भएकी छिन् ।
सव टाइटल विधामा श्रृपिका बस्नेतले मल्टिमिडिया अवार्ड सँगै मिस ग्लोरियसको उपाधि जितेकी छिन् । यसै गरी आस्का खड्काले मिस फोटोजेनिक र मिस वेस्ट वाकको अवार्ड जितेकी हुन् । यस्तै मोस्ट ग्ल्यामर रितिका विशुन्के,मोस्ट पंचुअल प्रशंसा गिरी, वेस्ट हेयर स्वस्तिका डङ्गोल, वेस्ट पर्सनालिटी र वेस्ट फिगर सुस्मिता पहारी, मोस्ट कन्फिडेन्स कृतिका भण्डारी,मोस्ट फेन्ड्ली एलिजा मानन्धरले जितेकी छिन् ।
यस्तै मोस्ट पपुलर अवार्ड सवनम श्रेष्ठले जितेकी छिन् । मिस फेसन आइकन एनला नकर्मीले जित्दा, वेस्ट पफर्मेन्स भने पुष्पा श्रेष्ठ र मोष्ट इनर्जेटिक आस्मा महर्जनले जितेकी छिन् । यसै गरी प्रतियोगितामा मिस ब्युटी विद् ब्रेन साम्राज्ञी राज भण्डारीले हात पारेकी छिन् । कार्यक्रममा अर्गनाइजर च्वाईस अवार्ड भने सवनम श्रेष्ठले हात पारेकी छिन् । सन् २०२१ को ब्रान्ड एम्बेसडर कृतिना भण्डारी भएकी छिन् । किशाेरीहरूकाे क्षमता अभिबृद्दीकाे लागि याे प्रतियाेगिता संचालन गरेकाे यस सिजनका अर्गनाइजर कृष्ण श्रेष्ठ (राेविन) ले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस