• जीवनशैली | Jiwanshaili
  • चट्टयाङ्ग, हावाहुरी र असिना सहित पानी पर्ने


    आज २०७८ बैशाख ५ गते आइतबार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको देखिन्छ।

    देशको गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    आज दिउँसो देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    यसै गरी आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस