बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन
बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन गर्न रु ५० लाख लगानी गरिने जानकारी दिए।
एकीकृत कार्यालयमार्फत ‘मकै मिसन’ मा ६५ हेक्टर पुग्नुपर्नेमा ५० हेक्टर मात्र पुगेको छ । मकै र तरकारी खेती मिसन कार्यक्रमका लागि रु तीन करोड २९ लाख अनुदान दिइने कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए। उनले लगानीअनुरुप किसानले उक्त कार्यक्रमलाई सदुपयोग गरेको तथा उत्पादन, बजारीकरण र आम्दानीमा उल्लेखनीय उपलब्धि देखिएको जानकारी दिए ।
लसुनप्याज मिसनअन्तर्गत ५० हेक्टर क्षेत्रफलमै उत्पादन भइरहेको जनाइएको छ । कार्यालय प्रमुख घिमिरेले भने, ‘यो कार्यक्रमले किसानलाई थप कृषि कर्ममा लाग्न प्रेरित गरेको छ । कार्यालयले रु दुई करोड ६५ लाख लगानी गरेको छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस