• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो


    गत २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ८४ हजार  ६ सय ७३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६२ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७५ हजार ३ सय  पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ८३ पुगेको छ ।

    ५ हजार ८४ जनाको पीसीआर र ६ सय ९९ को एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये १ हजार १५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

     

     

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस