• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु


    कोभिड १९ संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाट नर्सको मृत्यु भएको छ ।
    दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।

    उनी कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि भेरी अस्पतालमा भर्ना भएकी थिइन् । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको भेरी अस्पतालका डा. प्रकाशबहादुर थापाले बताएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस