हवाई भाडा बढ्याे
काठमाडौं । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको छ । सोमबार वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । सोमबार मात्रै निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाए थियो । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको संघले जनाएको छ ।
संघले अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।। हवाई भाडाको हवाई इन्धनमा लाग्ने मूल्य थप भएको हो ।
पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँले बढको छ भने नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा कमदुरीको उडान सिमराको भाडा १५ रुपैयाँ बढेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस