हवाई भाडा बढ्याे

काठमाडौं । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको छ । सोमबार वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । सोमबार मात्रै निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाए थियो । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको संघले जनाएको छ ।
संघले अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।। हवाई भाडाको हवाई इन्धनमा लाग्ने मूल्य थप भएको हो ।
पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँले बढको छ भने नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा कमदुरीको उडान सिमराको भाडा १५ रुपैयाँ बढेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस