• जीवनशैली | Jiwanshaili
  • दोश्रो चरणको खोप सुरुः आजको क-कस्को पालो?


    सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाले जानकारी दिएको छ ।

    २०७७ माघ १४,१५,१६,१७,२६,२७,२८,२९ गते खोप लगाएका व्यक्तिले आज वैशाख ७ गते बिहान १० देखी ४ बजे सम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस