• जीवनशैली | Jiwanshaili
  • आगोमा जलेर बालिकाको मृत्यु


    आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस