बेवारिसे अवस्थामा महिलाको शव फेला
जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको शव गए राति फेला परेको हो । उनका अनुसार शव भेटिएपछि गए रातिदेखि प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोली घटनास्थलमै शव कुरेर बसेको छ ।
महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ । घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ । उक्त शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस