दूरी कायम गरी बौद्ध–जोरपाटी क्षेत्रमा चामुण्डा रथयात्रा
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा श्री रक्तविनायक, श्री महाँकाल भैरव र श्री चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ । रथयात्रा जोरपाटी र बौद्ध क्षेत्रमा दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर सांस्कृतिक परम्परालाई निरन्तरता दिइएको छ ।
यसअघि मङ्गलबार बिहान कोष, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धको बैठकले सुरक्षितरूपमा चामुण्डा रथयात्रा चलाउने निर्णय गरेको थियो । रथयात्रामा प्रहरी र स्वयंसेवक यथेष्टमात्रामा खटाइएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मङ्गलबार राति नै जात्रा सम्पन्न गरिएको हो ।
वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भौतिक दूरी कायम गरेर भक्तजनले दर्शन गरेका छन् ।
( फाइल तस्बिर )
क्याटेगोरी : चाडपर्व विशेष, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस