चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध
हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् ।
इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्णाली आवाजका स्टेशन मेनेजर नवराज महताराले बताउनुभयो । यस्तै इन्टरनेट सेवाले काम नगर्दा सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या बनाएको छ ।
कालीकोट जिल्लाको महाबुलेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सिमकोटले जानकारी दिएको छ । उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य जारी रहे पनि समस्या समाधान हुन नसकेको बताइएको छ । नमस्ते नेटवर्कको मोबाइल डाटाले काम गरे पनि एडिएसएल सेवाको इन्टरनेटले काम गरेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस