• जीवनशैली | Jiwanshaili
  • बागलुङमा लकडाउन


    विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडा १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

    हिजो एकै दिन ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए लगत्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले हिजो रातीदेखि लागु हुनेगरी लकडाउन घोषणा गरेको हो ।

    बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा दश दिनका लागि लकडाउनको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस