कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको निधन
ङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहनु भएका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि ४र५ दिन अघि काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा गएराति उहाँको निधन भएको हो । अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गर्नु भएको थियो । हाल फरक पेशमा भएपनि पत्रकारिता क्षेत्रमा आवद्ध भने हुनुहुन्थ्यो ।
यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार निधन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा चहार्दै निधन भएको थियो । अनिसा आफै स्वास्थ्यकर्मी पनि थिइन् । गत सालको महामारीमा कोरोना संक्रमितको उपचारमा लागेकी ओली अहिले आफै उपचार नपाएर ज्यान गुमाउन पुगिन् ।
पछिल्लो समय दाङमा कोरोना संक्रमितको संख्यामा निकै बढेको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिले एक सय ३३ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मंगलबार मात्रै दाङमा ३० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
कोरोना संक्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ । दाङमा अस्पताल अभाव भएपछि कोरोना संक्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लाने गरिएको छ । बेलझुण्डि कोरोना अस्पताल, बुटवलको कोरोना अस्पतालका बेड भरिएको छन् भने बाँकेमा पनि ठाउँ नभएकाले बिरामी राख्न समस्या हुन थालेको छ । अहिलेसम्म दाङमा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको छ भने, ३ हजार २ सय ५२ जना संक्रमित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस