• जीवनशैली | Jiwanshaili
  • मनकामना मन्दिर वैशाख मसान्तसम्म बन्द


    गोरखाको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ ।

    कोरोना संक्रमण जोखिम बढेकाले मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए।

    मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ विपद व्यवस्थापन समितिको बैठकले गरेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस